१३ बैशाख २०८२, शनिबार

संखुवासभामा भएको बस दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु

प्रकाशित मिति :  10 March, 2022 11:43 am


फाेटाे : फेसबुकबाट

संखुवासभा । संखुवासभामा भएको बस दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

आज बिहान संखुवासभाबाट झापा जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान मादी नगरपालिका -६ सातघुम्तीमा दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

५ जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदी जानकारी गराएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !