१७ मंसिर २०८०, आइतबार

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीबारे भने,’चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्’

प्रकाशित मिति :  12 March, 2020 7:53 pm


?kGb]xL, @( kmfu’g M k|b]z g+ % sf d’VodGqL zªs/ kf]v/]naf6 laxLaf/ k|b]z;ef a}7sdf ljz]if ;Daf]wg . t:jL/ M lg/f uf}td, /f;;

रूपन्देही, २९ फागुन ।प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै
मुख्यमन्त्री पोखरेलले सबै ठाउँका नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्नेमा जोड दिए । ‘राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी छलफल गरौँ’, उनले भने ।

लुम्बिनी क्षेत्रका नागरिकले राप्ती भेरीको र राप्ती भेरीतर्फका नागरिकले लुम्बिनी क्षेत्रका नागरिकको भावना बुझ्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले आफ्नो ठाउँको कुरा कम गर्न आग्रह गरे। मुख्यन्त्री पोखरेलले कृषि, पर्यटन, उद्योग, सामाजिक क्षेत्र तथा पूर्वाधार निर्माणका काम व्यवस्थित तरिकाले अघि बढेको समेत बताए । अहिलेसम्म प्रदेशको कूल बजेटको २८ प्रतिशत खर्च भएको जानकारी गराउँदै उनले भएका काम गुणस्तरीय र दिगो बनाउन जरुरी रहेकोमा जोड दिए ।

कमजोरी सुधार गर्न सरकार तयार रहेकाले मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्तिलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको बताए । मुख्यमन्त्री पोखरेलले विकास निर्माणका कामसमेत द्रुत गतिमा अघि बढेको जनाउँदै पौने तीन सयको हाराहारीमा सडक कालोपत्र भएको तत्थाङ्क पेश गरे ।



प्रतिक्रिया दिनुहोस !