१ चैत्र २०८१, शनिबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  13 March, 2022 11:14 am


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य बढेको छ । गत शुक्रबार १ लाख २ हजार ६००मा कारोबार भएको छापावाला सुनको मूल्य आज साताको पहिलो दिन २००ले बढेर प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २ हजार ३००मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतिताला १० रुपैयाँले बढेर तोलाको १४२५ रुपैँयामा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !