आजको मौसम पूर्वानुमान
प्रकाशित मिति : 14 March, 2022 7:56 am

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेका कारण मौसम सामान्यतया सफा रहेको छ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन ् चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।