प्रतितोला ५००ले घट्यो सुन
प्रकाशित मिति : 14 March, 2022 11:12 am
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख २ हजार ८००मा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार तोलामा ५००ले घटेर प्रतितोला १ लाख २ हजार ३००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य १ लाख १ हजार ८०० रुपैयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो १० रुपैयाँले बढेको चाँदी आज १० रुपैयाँले घटेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








