३ चैत्र २०८१, सोमबार

आजदेखि नयाँ लाइसेन्स आवेदन बन्द

प्रकाशित मिति :  15 March, 2022 8:52 am


काठमाडौं। आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ। लाइसेन्स लिनका लागि आवेदनको चाप अत्यधिक भएका कारण व्यवस्थापनमा समस्या भएकाले हालका लागि आवेदन बन्द गर्नु परेको विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा मिति पछाडि धकलिँदा आवेदन दिनेको चाप बढेको हो। ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !