९ पुस २०८२, बुधबार

सुनचाँदीको मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  16 March, 2022 11:37 am


काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ओरालो लागेको छ । मंगलबार १ लाख ५००मा कारोबार भएको छापावाला सुन आज बुधबार प्रतितोला १२०० रुपैयाँले घटेर तोलाको ९९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८००मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एक साता अघि सुन १ लाख ५ हजार ५०० र चाँदी १४५० रुपैयामा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !