४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्‍त्री ओलीलाई आज साँझ डिस्चार्ज गरिने

प्रकाशित मिति :  13 March, 2020 5:13 pm


३० फागुन, काठमाडौं ।
मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली दशौं दिनका दिन आज (शुक्रबार) डिस्चार्ज गरिने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् ।

प्रधानमन्‍त्री ओलीकोफागुन २१ गते बुधबार दोस्रोपटक त्रिवि शिक्षण अस्पताल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपणका लागि ओली १९ गते भर्ना भएका थिए । ओलीका मिर्गौलादाता समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस !