रोल्पामा बहुआयामिक स्काउट उपयोगी तालिम सम्पन्न
उमा केसी । रोल्पामा बहुआयामिक आवासीय स्काउट उपयोगी तालिम सम्पन्न भएको छ । चैत्र १ गतेवाट बालकल्याण नमूना मावि लिवाङमा सुरुभएको ५ दिने तालिम आज सम्पन्न भएको हो ।
सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आर्थिक सहयोगमा भएको सो तालिमको आयोजना बालकल्याण नमूना मावि लिवाङ रोल्पाले गरेको थियो । तालिममा रोल्पा जिल्लाका तीन विद्यालयहरु सहभागित भएका थिए ।
तालिममा बालकल्याण नमूना मावि लिवाङका ४० तथा तारा मावि बामरुक र वालउदय मावि माडीचौरका २०/२० गरि ८० जनाको सहभागिता रहेको थियो ।
तालिमले आफुहरुलाई अनुशासनको व्यवहारिक ज्ञान सिकाएको तारा मावि वामरुकका सहभागि तीलक कवरले वताए । स्काउट भनेको थाहा नपाएको आफुले कैयौं जीवनउपयोगी सीप सिकेको कँवरको भनाई छ । एकता नै वल हो भन्ने सिकाई भएको बालउदय मावि माडीचौरकी छात्रा रेणु पुनको भनाइ छ ।
अप्ठेरो परिस्थितिलाई पनि कसरी सामना गर्ने भन्ने कुराको सिकाई भयो पुनले भनिन । सिकेका सीपलाई व्यवहारमा रुपान्तरण गर्ने उनको प्रतिवद्धता थियो ।
तालिममा जीवनलाई सरल र सहज वनाउन व्यवहार परिवर्तन जरुरी रहेको सिकाई भयो तालिमा सहभागि स्काउट शिक्षक खिमा कँवरको भनाई छ । प्राथमिक उपचार, विपद व्यवस्थापन जस्ता कुराको शैद्धान्तिक र व्यवहाकि ज्ञान सिकाई भएको कवँरले भनिन् ।
विद्यार्थीवाट स्काउटर वनाउन सामाजिक विकास डिभिजन कार्यालय रोल्पाको सहयोगमा तालिम संचालन गरेको बालकल्याण नमूना माविका सहायक प्रधानाध्यापक तुलसीप्रसाद श्रेष्ठको भनाई छ । “राष्ट्रभक्तिले ओतप्रोत अनुशासित नागरिक उत्पादन गर्न तालिम सहयोगी भयो सहायक प्रधानाध्यापक,” श्रेष्ठले भने ।
तालिमे विद्यार्थीहरुलाई पर्यटकीय क्षेत्र मसिना कालिपोखरीको भ्रमण गराईनुका साथै शुक्रवार वेलुका क्याम्प फायर समेत गरेको आयोजकले जानकारी दिएका छन् ।
लुम्विनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले जिल्लाका ३ विद्यालयका ६० जना विद्यार्थीका लागि उपलव्ध गराएको वजेटमा बालकल्याण नमूना माविले आफ्नो श्रोत थप गरि थप २० जना सहित ८० जना विद्यार्थीलाई तालिममा सहभागि गराएको विद्यालयले जनाएको छ ।








