३ जेष्ठ २०८१, बिहिबार

जन्मदिनमा समाजसेवी पराजुलीले गरिदिए बालगृहका बालबालिकाको स्वास्थ्य विमा

प्रकाशित मिति :  20 March, 2022 11:42 am


स्याङ्जा । वलिङ नगरपालिकाका युवा समाजसेवी एवं वालिङ युव संघका अध्यक्ष नेता बिबेक पराजुलीले आफ्नो जन्म दिनमा ३७ जना बालबालिकाको स्वास्थ्य विमा गरेका छन् ।

पराजुलीले फेदीखोलामा गाउँपालिकामा रहेको अमोर सेवा नेपाल बालगृहका २७ जना बालबालिका र वालिङमा रहेको भुम्रे माध्यामिक विधालयमा शारीरिक अपांगता भएका १० जनालाई गरि ३७ जना बालबालिकाहरुलाई आफ्नो जन्मदिनको अवसर पारेर स्वास्थ्य विमा गरेका हुन ।

कोरोना महामारीको बेलापनि पराजुलीले कोरोना संक्रमितहरुलाई आफ्नै गाडी प्रयोग गरेर संक्रमितलाई अस्पताल लैजान र विपन्र परिवारलाई रहात वितरण गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !