प्रतितोला ३०० रुपैयाँले बढ्यो सुन
प्रकाशित मिति : 21 March, 2022 11:11 am

काठमाडौं । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर तोलाको ९९ हजार ५००मा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही आज पनि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।