६ जेष्ठ २०८१, आइतबार

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

प्रकाशित मिति :  21 March, 2022 2:48 pm


चीन । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ।

चाइना इस्र्टन एयरलाइन्सको विमान बोइङ ७३७ जेट गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ।

उडान नम्बर MU 5735 रहेकाे साे विमान कुन्मिङबाट गुन्जाओका लागि स्थानीय समय सवा १ बजे उड्ने निर्धातरत थियो । अहिले उद्धाराकर्मीहरु त्यस क्षेत्रमा खटिएको सीसीटीभीले जनाएको छ । त्यो विमान उझाउ प्रान्तको तेङ गाउँ नजिक दुर्घटना ग्रस्त भएको हो र अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !