३ जेष्ठ २०८१, बिहिबार

स्याङ्जामा गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

प्रकाशित मिति :  21 March, 2022 3:32 pm


स्याङ्जा । स्याङ्जाको गल्याङमा सोमवार दिउँसो भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुपन्देहीको सुद्धोदन गाँउपालिका ५ घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशर्पमा काम गर्ने २७ बर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो ।

वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको गाडीले ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

घाईते पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !