३ जेष्ठ २०८१, बिहिबार

माटो जोगाऔँ अभियानमा सद्‌गुरुले सुरु गरे सय दिने मोटरसाइकल यात्रा

प्रकाशित मिति :  21 March, 2022 4:45 pm


काठमाण्डौं । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेव सद्‌गुरुले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गर्दै सय दिने एकल मोटरसाइकल यात्रा सुरु गरेका छन् ।

खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन पहल गरिएको विश्वव्यापी अभियानमा सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको मोटरसाइकल यात्रा सुरु गरेका छन् । आज लण्डनबाट शुरु भएको यात्रा दक्षिणी भारतमा समापन हुनेछ ।

सद्‌गुरुद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि बसन्तपुर दरबार क्षेत्रमा करिब ३ सय मानिसहरू भेला भई नृत्य र साङ्गीतिक प्रस्तुति गरेका समेत गरेका थिए । नेपालको झण्डा बोकेर
‘माटो जोगाऔँ !’, ‘अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी भएका थिए ।

सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ ।

यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन अनि त्यसतर्फ काम गर्न सघाउनु रहेका जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !