१८ बैशाख २०८१, मंगलबार

भूमे मन्दिर निर्माण कार्य तिव्र

प्रकाशित मिति :  14 March, 2020 7:58 am


——जुनिस कुमार विष्ट——

रोल्पा,  १ चैत ।

रोल्पाको सुनछहरी गाउपालिका-५ जैमाकसलाको कसलामा भूमेथला स्थित भूमे मन्दिर निर्माण कार्य तिव्र गतिमा सुरु भएको छ। मन्दिरको अहिलेसम्म ३० प्रतिशत काम सकिएको छ । २०७६ सालको तिहारमा गाँउका बुद्धिजीवी,समाजसेवी,अगुवा ,भद्रभलादमीहरुले देउसी भैलो खेली ७० हजार संकलन गरि मन्दिर निर्माण कार्य सुरू गरिएको थियो ।

भूमेथला संरक्षण समिति गठन गरि मन्दिरको काम सुरु गरिएको  समितिका अध्यक्ष तिरबहादुर रोका मगरले जानकारी दिए । मन्दिर निर्माणमा झण्डै १० लाख रुपैयाँ लाग्ने अनुमान छ ।
मन्दिर निर्माणका लागि  रुपन्देहीको भैरहवाका उद्योगपति,व्यापारी,व्यवसायीहरु,रोल्पाको सुलिचौरका व्यापारी,व्यवसायी लगायत कसलाबाट देश तथा विदेशमा कमाई गर्ने जानेहरुले  सहयाेग गरेका छन् ।

हिन्दुहरुले शक्तिशाली भगवानको रुपमा पुज्ने र परापूर्वकालदेखि नै रक्षा कवजको रुपमा भूमेलाई मान्ने गर्दछन् । भूमेदेवताले रोग,दैवीप्रकोप,भूतप्रेतबाट बचाउँछ्न् भन्ने मान्यता छ । भूमेथलामा जेष्ठको पहिलो हप्तामा पाठपूजा गरिन्छ ।  उक्त ठाउँमा मेला लाग्ने गर्दछ। मेलामा पुजारीहरुले  खुँडा तथा तरवार देखाएर नाच्ने चलन रहेको छ। यस नाचमा दुई समूह बनी एक समूह उत्तर तर्फ र अर्को समूह  दक्षिण तर्फको गेटबाट भित्र प्रवेश गरि नाच्ने चलन रहेको छ।



प्रतिक्रिया दिनुहोस !