६ जेष्ठ २०८१, आइतबार

रुसी राष्ट्रपति पुटिनकी गर्लफ्रेण्ड अलिनालाई स्विट्जरल्याण्डबाट निकाल्न माग

प्रकाशित मिति :  22 March, 2022 2:11 pm



काठमाडौं । रुस, बेलारुस र युक्रेनका नागरिकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी गर्लफ्रेण्ड भनिएकी अलिना काबाएभालाई स्विट्जरल्याण्डबाट निकाल्न अनलाइन आग्रह सुरु गरेका छन् ।
पुटिनकी प्रमिका अलिना अहिले स्विट्जरल्याण्डको कुनै विलासी भवनमा आफ्ना तीन सन्तानसहित बसिरहेको खबर पाएपछि उनीहरूलाई त्यहाँबाट निकाल्न आग्रह अभियान सुरु गरिएको हो ।
३८ वर्षिया रुसकी सर्वाधिक लचक भएकी जिम्नास्टको रूपमा परिचय बनाएकी अलिनाले ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार अलिना पुटिनकी अघोषित पत्नी छिन् । दुवैका तीन सन्तान छन् । तर पुटिनले यसलाई औपचारिकरूपमा स्वीकार गरेका छैन् ।
युक्रेनमाथि रुसले आक्रमण गरेको बेला पुटिनको शासनलाई सहयोग पु¥याउने व्यक्तिलाई अतिथिको रूपमा स्विट्जरल्याण्डले राखिएकोमा आपत्ति प्रकट गरी अनलाइन अभियानकर्ताले अलिनालाई निकाल्न आग्रह गरेका छन्। अनलाइन माग गर्नेहरूको संख्या साठी हजार जति पुगेको छ ।
अलिनाले बर्सेनि एक करोड पाँच लाख अमेरिकी डलर तलब पाउने गरेकी छिन् । उनी द नेसनल मिडिया ग्रुपकी पूर्व अध्यक्ष रहेकी छिन् ।
पुटिनले पत्नी ल्युडमिलासँग सन् २०१३मा सम्बन्ध विच्छेद गरेका एि । पत्नीबाट पुटिनका दुई छोरी छन् ।



प्रतिक्रिया दिनुहोस !