२८ मंसिर २०८२, आइतबार

प्रतितोला ११००ले घट्यो सुन

प्रकाशित मिति :  23 March, 2022 10:45 am


काठमाडौं । नेपाली बजारमा बुधबार छापावाला सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ८००ले बढेर १ लाख ३०० रुपैयाँ पुगेको छापावाला सुन आज ११००ले घटेर तोलाको ९९ हजार २००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७००मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितालो २५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !