एमाले प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाई कांग्रेसमा प्रवेश

काठमाडौं । धुलिखेल नगरपालिकाका एमाले नेता रामकृष्ण हुमागाई लगायतका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । केहि समय अघि मात्रै धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगमले पनि एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका थिए ।
तीन दशक लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाई तत्कालिन जिल्ला विकास समितिका सदस्य, ने.क.पा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष समेत भइसकेका थिए ।
उनी अहिले एमालेको प्रदेश कमिटी सदस्य थिए हुमागाईको कांग्रेस प्रवेशले एमालेलाई धुलिखेलमा धक्का लाग्ने देखिएको छ ।
उनीसँगै पूर्व गाविस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत, सदस्य उपेन्द्र हुमागाई, नेकपा एमालेका नेता माधब मणिहुमागाई, जिल्ला सदस्य मुरारी हुमागाई , एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत , नगर एमाले नगर सदस्य यादब गौतम ,धनन्जय हुमागाई, अर्जुन बहादुर भुजेल , राम कृष्ण भुजेल, लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कङ्ग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले जानकारी दिए ।