सुन मूल्य उकालो लाग्यो
प्रकाशित मिति : 24 March, 2022 11:14 am

काठमाडौं । सुनको मूल्य पुन उकालो लागेको छ । बुधबार ११००ले ओरालो लागेको सुन बिहिबार ११००ले नै उकालो लागेर तोलाको १ लाख ३००ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघ जानकारी दिएको छ ।