३ जेष्ठ २०८१, बिहिबार

नेपाल डेरी एसोसिएशन लुम्बिनी प्रदेश अध्यक्षमा न्यौपाने

प्रकाशित मिति :  24 March, 2022 9:09 pm


बुटवल । नेपाल डेरी एशोसिएशन लुम्बिनी प्रदेशको अध्यक्षमा धानेश्वर न्यौपाने निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न एशोसिएशनको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशन राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण भट्टराईज्युको अध्यक्षतामा सम्पन्न भएको थियो।

एशोसिएशनको उपाध्यक्षमा घननाथ पौडेल, सचिवमा बिजय सापकोटा, सह-सचिवमा कमल भुषाल र कोषाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कृष्ण बस्याल, रबिराज पन्त, नबराज सापकोटा, पवन भट्टराई, सावित्री भुषाल, प्रकाश देवकोटा, मान बहादुर बुढाथोकी र मिना कँडेल निर्वाचित भएका छन् ।

कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. यादवले नेपाल डेरी एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यावसायिहरुको राष्ट्रिय संगठन भएको आजको यो कार्यक्रमले पुष्टि गरेको बताए । राष्ट्रिय दुग्ध विकास वोर्ड र नेपाल डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको कुरा डा. यादबले बताए ।

एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले एसोसिएसनको संगठन विस्तार र सदस्यहरुको आकर्षण देख्दा आफू अत्यन्त खुशी भएको बताए ।



प्रतिक्रिया दिनुहोस !