२ असार २०८२, सोमबार

प्रतितोला ६००ले बढ्यो सुन

प्रकाशित मिति :  25 March, 2022 11:18 am


काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ११००ले बढेर १ लाख ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि तोलामा ६००ले बढेर तोला १ लाख ९०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४०० मा कारोबार भइरहेको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको रहेको छ । महासंघका अनुसार हिजो चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १३७५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !