१७ बैशाख २०८१, सोमबार

अभियान लघुवित्तकाे देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

प्रकाशित मिति :  25 March, 2022 1:01 pm


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विक (जीएमडब्लू २०२२) को अवसर पारेर वित्तीय साक्षरता सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । ”वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने नाराका साथ चैत्र ७ देखि चैत्र १३ गतेसम्म संचालन गरिने जनाइएको छ।

सातै प्रदेशमा रहेका आफ्ना सबै शाखा मार्फत् ग्राहक सदस्य र स्थानीय जनसमुदायलाई लक्षित गरि संचालन गरेको संस्थाका कार्यकारी प्रमुख रोशन कुमार अधिकारीले बताए।

अधिकारीका अनुसार ग्रामीण भेगमा केन्द्रीत भई गर्न लागिएको कार्यक्रममा बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, विप्रेषण, पारिवारिक बजेट जस्ता सम्बन्धित विषयमा जानकारी दिइने छ।

संस्थाले यस अघि पनि नारी दिवसको अवसर परेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यस लघुवित्तले देशभर ६० वटा शाखा कार्यालय मार्फत् विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्ध गरी बचत संकलन तथा कर्जा प्रवाह गरिराखेको छ।

संस्थाले आप्mना सम्पूर्ण शाखा कार्यालय मार्फत विप्रेषण सेवा पनि दिँदै आइराखेको छ । आ. ब. ०७७/७८ को आषाढ मसान्त सम्ममा रु १ करोड ७७ लाख खुद नाफा गरेको संस्थाले चालु आबको दोस्रो त्रैमासिक अवधि सम्ममा १ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १५ करोड २५ लाख रहेको यस लघुवित्तले निकट भविष्यमा नै सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने अधिकारीले बताए।



प्रतिक्रिया दिनुहोस !