१५ बैशाख २०८२, सोमबार

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

प्रकाशित मिति :  25 March, 2022 3:53 pm



काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने गर्नुपर्ने बताएका छन् ।

सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।

पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनको भनाई थियो । उनले भने , “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उनको भनाई थियो ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको उनले बताए । पत्रकार महिलाले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !