१ श्रावण २०८२, बिहिबार

‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार प्रधान सम्पादक बुढाथोकीलाई

प्रकाशित मिति :  26 March, 2022 3:29 pm


काठमाडौं । नेपाल पत्रकार महासङ्घ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ बाट यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष सञ्जीव खनालको सभापतित्वमा आज बसेको बैठकले रु ५० हजार ५१ राशिको षष्टिका बस्नेत पुरस्कार बुढाथोकी र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार साहलाई दिने निर्णय गरेको छ । बुढाथोकी टक्सार म्यागजिनका प्रधान सम्पादक र साह कान्तिपुर दैनिकका मोरङ संवाददाता हुन् ।

महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा यही चैत १६ गते विराटनगरमा सो पुरस्कार वितरण गरिने मोरङ सचिव नेत्र पी अधिकारीले जानकारी दिए । विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा अक्षयकोष स्थापना गरी सूचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियन्ता तथा पत्रकारलाई प्रदान गर्न उक्त पुरस्कारको स्थापना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !