२५ असार २०८२, बुधबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  27 March, 2022 11:28 am


काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतिताेला १ लाख ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार स्थिर रही सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य १ लाख ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १४०० रुपैयाँमा कारोबर भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमानै कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !