१७ बैशाख २०८१, सोमबार

भीरकोटमा कांग्रेसको प्रदेशस्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सम्पन्र

प्रकाशित मिति :  27 March, 2022 4:29 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ सुन्दर बजारमा नेपाली कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियानमा प्रदेशस्तरीय अन्रतक्रिय , छलफल , प्रशिक्षण एंव नयाँ वर्ष २०७९ को क्यालेण्डर विमोचन गरिएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ प्रदेश १ को आयोजनमा प्रदेशस्तरीय अन्रतरक्रिया तथा प्रशिक्षण गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कुमार रानाले दुई चरित्र भएको कम्यिुनिष्ट दलले देशलाई संकटमा छाडेको बेला कांग्रेसको नेतृत्वको सरकारले देश सम्हालेको र मनमनमा कांग्रेस जनजनमा कांग्रेस अभियान अन्नर्तगत नेपाली कांग्रेस जनताको घरघरमा गई पार्टीले गरेका सकरात्मक कार्यको जानकारी दिन आग्राह गरेका थिए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का सभापति दिलिप प्रताप , भीरकोट नगरप्रमुख छायाराम खनाल , जिल्ला सदस्य तोयनाथ अर्याल लगायतले निर्वाचनमा केन्द्रित भई अगाडि बढ्न जोड दिएको भीरकोट कांग्रेस नगरसभापति लक्ष्मण अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !