सोमबार ४००ले सस्तियो सुन
प्रकाशित मिति : 28 March, 2022 11:31 am

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ । हिजो आइतबार स्थिर रहेको छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएका छ ।
त्यस्तै आज तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदिको मूल्य स्थिर रहि प्रतितोला १४०० रुपैयाँमा कारोबार भएको थियो ।