६ पुस २०८२, आइतबार

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग

प्रकाशित मिति :  28 March, 2022 4:40 pm


रोल्पा । रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो ।

स्नातकोत्तर तह सञ्चालनका लागि भन्दै विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट रु एक करोड बढी आर्थिक सङ्कलन भएको थियो । महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।

नागरिकको लगातारको दबाबपछि उक्त क्याम्पस स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विष्णु आचार्यका अनुसार आर्थिक रुपले टाँट पल्टिने अवस्था भएपछि क्याम्पस सञ्चालन समितिको निर्णयबमोजिम महोत्सवबाट उठेको रकमले क्याम्पस सञ्चालन गरिएको थियो ।

क्याम्पसका प्रधाध्यापक तथा कर्मचारीको तलब महोत्सवबाट उठेको दानबाट व्यवस्थापन गरियो आचार्यले बताए । “हाल अक्षयकोषका रुपमा रु २२ लाख बचत छ, भूमिदान गरेकाले हक हस्तान्तरण गरेका छैनन् भने कतिपय नगद घोषणा गरेकाबाट पनि रकम प्राप्त हुन बाँकी छ”, आचार्यले भने ।विषयमा छलफल गर्न तयार भएको हो ।

जुन उद्देश्यले धार्मिक महोत्सव गरियो त्यही उद्देश्यमा बजेट खर्च गर्नुपर्नेमा अन्यत्र खर्च गरिनु दुखद भएको स्थानीयवासीको गुनासो छ । “महोत्सवको मुल उद्देश्य स्नातकोत्तर तह सञ्चालन थियो तर अहिलेसम्म पनि सञ्चालन नहुनु सन्तोषजनक पक्ष होइन”, स्थानीय समाजसेवी कृष्णबहादुर घर्तीमगरले भने ।

लामो समयपछि पुनः स्नातकोत्तर तह सञ्चालनबारे क्याम्पसले चासो देखाएकाले यो सकारात्मक पक्ष भएको पत्रकार महेश न्यौपानेले बताए । स्नातकोत्तर तह अध्ययनका लागि विद्यार्थीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । चारसय पाँच सामुदायिक विद्यालय रहेको रोल्पामा स्नातक तहका दुई क्याम्पस मात्र छन् । रासस








प्रतिक्रिया दिनुहोस !