४ जेष्ठ २०८१, शुक्रबार

फोर्सको गुर्खा नेपाली बजारमा

प्रकाशित मिति :  28 March, 2022 5:09 pm


काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खाको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । “ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म“मा निर्मित यस गाडीको आकृति अघिल्लो पुस्ताको जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार लामो र चौडा वनावट भएको यस गाडीको क्याबिन फराकिलो र आरामदायी रहेको छ । चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको पनि व्यवस्था छ ।

यो गाडी पाँचवटा विभिन्न रंगहरुमा उपलब्ध रहेका छन् । गुर्खाको वारेन्टी ३ लाख कि.मि. र ३ वर्ष रहेको कम्पनीले जनाएको छ । ग्राहकले चार पटकसम्म निः शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् ।

आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. का अध्यक्ष ध्रुव थापाले शक्ति, क्षमता एवम् स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई उपयुक्त हुने बताए । नेपालमा फोर्स मोटर्सको लागि आधिकाकिर विक्रेता आयाम इन्टर कन्टिनेन्टल हो ।



प्रतिक्रिया दिनुहोस !