इटहरीमा भएको बम बिस्फोटमा दुईजना घाइते
प्रकाशित मिति : 29 March, 2022 11:07 am

काठमाडौं । इटहरीमा भएको बम बिस्फोटमा दुईजना घाइते भएका छन् ।
गए राती साढे १० बजे तिर भएको बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ वर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षिया शेरजंग गुरुङ घाइते भएका हुन् ।
घाइते घाइते थापाको बिराटनरस्थित आँखा अस्पताल र गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सुतली बम बिस्फोट भएको प्रहरीको भनाई छ ।
घटनास्थलमा हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।