९ पुस २०८२, बुधबार

सुनको मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  29 March, 2022 11:31 am


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ओरोलो लागेको छ । सोमबार १ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ७००मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !