स्याङ्जामा अवैध सालका काठ बरामद
प्रकाशित मिति : 29 March, 2022 12:21 pm

स्याङ्जा । स्याङ्जा प्रहरीले ट्रयाक्टर सहित अवैध सालको काठ बरामद गरेको छ । जिल्लाको चापाकोट नगरपालिका ६ धारापानीबाट ग १ त २६५० नम्बरको ट्रयाक्टर सहित काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी चौकी साँखरबाट खटिएको प्रहरी टोलीले ट्रयाक्टर चेकजाच गर्ने क्रममा सालको चिरेको ३४ थान काठ, ५३.८१ क्यु फिट बरामद गरेको हो ।
यसको मूल्य करिब ७८ हजार रुपैँया रहेको जनाइएको छ । प्रहरीले आवश्यक कार्वाहीको लागि ट्रयाक्टर र काठ सव डिभिजन वन कार्यालय चापाकोटलाई बुझाएको छ । सो ट्रयाक्टरका चालक र अन्य एक व्यक्ति फरार भएकोले खोजी कार्य भइरहेको प्रवक्ता अधिकारीले बताए ।