२ असार २०८२, सोमबार

मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  30 March, 2022 8:03 am


काठमाडौं । हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

आज प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !