९ पुस २०८२, बुधबार

सुनको मूल्य प्रतितोला ४००ले घट्यो

प्रकाशित मिति :  30 March, 2022 11:16 am


काठमाडौं । आज पनि नेपाली बजारमा छापावाला सुनको मूल्य ओरोलो लागेको छ । मंगलबार १३०० सय रुपैयाँले ओरालाे लागेको छापावाला सुनको मूल्य आज बुधबार पनि प्रतितोला ४०० रुपैयाँले ओरालो लागेर तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३००मा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज बुधबार चाँदी प्रतितोला १० रुपैयाँले ओरोला लागेर तोलाको १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !