६ पुस २०८२, आइतबार

दाङको राप्ती गाउँपालिकाले लिप्ट र जेनेरेटर खरिदका लागि गरेको बोलपत्र विरुद्ध उजुरी

प्रकाशित मिति :  30 March, 2022 2:51 pm



काठमाडौं । दाङको राप्ती गाउँपालिकाकाले लिप्ट र जेनेरेटर खरिदका लागि आव्हान गरेको बोलपत्रमाथि सार्वजनिक खरिद अनुगमन कार्यालय,काठमाडौंमा उजुरी परेको छ ।

गाउँपालिकाले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी ‘सेटिङ’मा टेण्डर आव्हान गरेको भन्दै कार्यालयमा उजुरी परेको हो । उजुरीमा ह्यास कम्पनीको लिफ्ट र अशोक लेल्याण्डको जेनेरेटरलाई मात्रै मिल्ने गरी टेण्डर आव्हान भएको भन्दै उजुरी परेको स्रोतले जनाएको छ ।

गाउँपालिकाले आव्हान गरेको बोलपत्र सार्वजनिक खरिद कार्यालयले २०७८/११/१८ गते गरेको परिपत्र विपरित भएको दाबी गरिएको छ ।

बोलपत्रले सरकारी रकम अनावश्यक दुरुपयोग हुने खतरा रहेको र निश्चित कम्पनीभन्दा अरुलाई प्रवशै गर्न नदिने खालको रहेको उजुरीमा तर्क गरिएको कार्यालय स्रोतले जनाएको छ ।

राप्ती गाउँपालिकाले प्रशासनिक भवनका लागि आवश्यक जेनेरेटर र लिप्टका लागि फागुन १० गते बोलपत्र आव्हान गरेको थियो । तर बोलपत्रको समय नसकिदै उजुरी परेको हो ।



प्रतिक्रिया दिनुहोस !