९ पुस २०८२, बुधबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  31 March, 2022 8:37 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भु-भागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !