२८ माघ २०८१, सोमबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  31 March, 2022 11:40 am


काठमाडौं । नेपाली बजारमा आज बिहिबार छापावाला सुनको मूल्य बढेको छ । बुधबार ४०० रुपैयाले घटेर ओरालो लागेको छापासुनको मूल्य आज बिहिबार प्रतितोला १०० ले बढेर तोलाको ९८ हजार ९०० रुपैयँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ४००मा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३५० रुपैयाँमा कारोबार भइरहेको महासंघल जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !