स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल हुन सक्छ : सभापति पुन
कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज सुद्धोधन गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताए ।
सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने दाबी गरे । उनले लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्य ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने उनको विश्वास छ ।
संविधानको संस्थागत कार्यान्वयन गर्ने दायित्व कांग्रेसको सामु आएको उल्लेख गर्दै सभापति पुनले स्थानीय सरकारमा कांग्रेसको नेतृत्व रहे मात्र संघीयताको प्रभावकारी सबलीकरण हुने धारणा व्यक्त गरे ।