८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री देउवा आज दिउँसो भारत जाँदै

प्रकाशित मिति :  1 April, 2022 9:03 am


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत प्रस्थान गर्दैछन् । चार जना मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लागेका हुन् ।

भारतीय समय अनुसार आज दिउँसो २ः४५ बजे उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

शुक्रबार दिउँसो ४ः ३० बजे उनको पहिलो शिष्टाचार भेट भारतिय विदेशमन्त्री एस.जयशंकरसँग होटल आइसीटीमा हुनेछ कार्यक्रम रहेको छ ।

शनिवार स्थानिय समय अनुसार बिहान १०: ४० बजे उनी राजघाट पुग्ने कार्यक्रय तय भएको छ । सोही दिन बिहान ११: १० बजे हैदरावाद हाउसमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँगको भेटवार्ता पश्चात हैदरावाद हाउसमा नेपाल–भारत प्रधानमन्त्री द्विपक्षीय बैठक बस्नेछ ।

बैठक सकिएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । शनिबार दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुगे पश्चाय पुनः नयाँदिल्ली फर्की त्यहाँबाट उनी ४ः१५ बजे स्वदेश फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस !