सुनको मूल्य बढ्याे
प्रकाशित मिति : 1 April, 2022 12:06 pm
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । बिहिबार ९८ हजार ९०० रुपैयाँ तोलामा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार २००मा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी १३५० रुपैयाँमा कारोबार भएको थियो ।








