विप्लव नेतृत्व नेकपाकाे केन्द्रीय प्रशिक्षण चितवनमा
प्रकाशित मिति : 1 April, 2022 12:11 pm
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु भएको छ ।
भरतपुरस्थित क्यान्सर अस्पतालको हलमा सुरु भएको प्रशिक्षणमा चैत ४ देखि १५ गतेसम्म कपिलवस्तु, शिवगढीमा बसेको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराइने नेकपाले जनाएको छ ।
बैठकले गरेका निर्णय कार्यान्वयन गर्न र गराउन केन्द्रीय सदस्य, विशेष समिति सदस्यहरु, जिल्ला सेक्रेटरीहरुसहित करिब तीन सय नेता–कार्यकर्तालाई केन्द्रीय सचिवालय सदस्यहरु र पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रशिक्षण दिने कार्यक्रम छ ।
नेकपाको ११ दिनसम्म बसेको बैठकले पार्टी दर्ता गरेर संसदीय व्यवस्थाले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । निर्वाचनका क्रममा एमसीसी विरोधी, देशभक्तहरुलाई भने सघाउने निर्णय पनि बैठकले गरेको छ ।








