९ पुस २०८२, बुधबार

रिभर फल्स पावरले चैत्र २७ गतेदेखि आइपीओ निष्काशन गर्दै

प्रकाशित मिति :  1 April, 2022 12:38 pm


काठमाडौं । रिभर फल्स पावरले लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही चैत्र २७ गतेदेखि स्थानीयबासिन्दाका लागि ७ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि प्रतिसेयर १०० अंकित मूल्यमा ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

चैत २७ गतेदेखि जारी हुने साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले छिटोमा २०७९ बैशाख ११ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री हुन नसकेको खण्डमा ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओमा आयोजनाको कार्यालय संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट समेत भर्न सकिनेछ ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आईपीओमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !