स्याङ्जामा झुट्टा विवरण पेश गरी नागरिकता बनाउने पाँच जना पक्राउ
स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा झुट्टा विवरण पेश गरी नागरिता बनाएको आरोपमा वडा अध्यक्षसहित पाँच जना प्रकाउ परेका छन् ।
पर्वतको कुष्मा नगरपालिका २ बस्ने कृष्ण अधिकारी र डोम अधिकारीको छोरी २० वर्षीय सोनु अधिकारीले स्याङ्जा आँधिखोला गाउँपालिका ३ बस्ने कृष्ण प्रसाद पौडेल र सीता पौडेलको छोरी बनेर बंशजको आधारमा चैत १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
त्यसैगरि पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका ३ बस्ने सोही ४८ वर्षीय विष्णु बहादुर खत्री ९वडा अध्यक्ष०, ४० वर्षीय सिता पौडेल, ५२ वर्षीय बालकृष्ण शर्मा (वडा सचि) ,२५ वर्षीय नवराज पौडेल र कुश्मा नगरपालिका वडा नं १ घर भई ५ बस्ने २० वर्षीय सोनु पौडेल भन्ने सोनु अधिकारी रहेका छन् ।
पक्राउ परेका सबैलाइृ झुट्टा विवरण पेश गरी नागरिकता बनाएको मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट बिहीबार म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








