पाल्पामा १२ वर्षे बालिका बलात्कारको आरोपमा एक प्रकाउ
प्रकाशित मिति : 1 April, 2022 4:02 pm
पाल्पा । पाल्पामा एक १२ वर्षेकी बालिकालाई बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । पाल्पा तिनाउ गाउँपालिका १ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्की पक्राउ परेका हुन् ।
चैत १७ गते १२ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरीले हिस्कीलाई पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका जानकारी दिए ।
साथै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको छ ।








