७ पुस २०८२, सोमबार

फेदीखोला गाउँपालिकामा निर्माणाधिन दुईवटा खानेपानी आयोजना सञ्चालनमा

प्रकाशित मिति :  1 April, 2022 3:25 pm


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ मा निर्माणाधिन दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १ सय ६६ घरधुरीका करिब ८ सय नागरिक खानेपानीबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

गण्डकी प्रदेश सरकारको १ करोड ६ लाखको लागतमा निर्माण गरिएको च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४ सय २५ लाभान्वित भएका छन् भने संघीय सरकारबाट प्राप्त ९५ लाख ४८ हजार ५ सय १३ रुपैयाँको लागतमा निर्मित ठूलाधारा लिफ्टिङ् खानेपानी योजनाबाट ८० घरधुरीका ३ सय ७५ नागरिक लाभान्वित भएको वडाध्यक्ष हिमालय जंग बानियाँले बताए ।

खानेपानी योजना अव्वस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएपछि प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहान मर्मत गरी पानी ल्याएर वितरण गराएको अध्यक्ष बानियाँले बताए । त्यसैगरि योजना मर्मत सम्भारका लागि मासिक ५० संकलन गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !