९ पुस २०८२, बुधबार

भारतीय ट्रकको ओभरलोड रोकौ : ट्रक व्यवसायी

प्रकाशित मिति :  1 April, 2022 6:24 pm


भैरहवा । भारतीय गाडीले ठुुला डिजलका टकीं बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने अवैध कामको अन्त्य गर्न ट्रक यातायात ब्यबसायीले माग राखेका छन् ।

लुम्बिनी ट्रक यातायात व्यवसायी सघं शिद्धार्थनगर भैरहवामा भएको १० औ साधारण सभा तथा पाचौ अबिधेसनमा कार्यक्रममा ब्यबसायीहरुले भारतीय गाडीले ठुला टंकी बनाएर डिजल भरेर लैजाने गरेको गुनासो गरेका हुन् । उनीहरुले यसलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, यातायात क्षेत्रका समस्या प्रति सरकार गम्भिर नभएको गुनासो गर्दै भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने माग गरेका छन् ।

क्षमता भन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिड्दा राज्यले कडाई गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको ब्यबसायीहरुको गुनासो छ ।

कार्यक्रममा ब्यबसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र ब्यबसायीहरु पलायएन हुने अवस्थामा पुगेको बताएका छन् ।

पेट्रेलियम पदार्थमा मुल्य बृद्धी हुुदाँ समेत ढुुवानीमा भाडा समायोजन नभएको भन्दै ब्यबसायीहरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् ।

नेपाल ट्रक यातायात ब्यबसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहीले भाडा समयोजन नहुुदाँ थप समस्यामा परेको बताए ।

महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुु पर्ने बाध्यता रहेको बताए ।

महासघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले नेपाल भित्र ढुवानी गर्न नेपाली ब्यबसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको नीति बनाउनु पर्नेमा जोड दिए ।

लुम्विनी ट्रक यातायत ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !