१२ फाल्गुन २०८२, मंगलबार

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

प्रकाशित मिति :  1 April, 2022 6:28 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङमा दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले कक्षाकोठाभित्र अध्यापन गराउने क्रममा छात्राहरूलाई जबरजस्ती करणी गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !