९ पुस २०८२, बुधबार

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने, जिल्ला स्तरीय संयन्त्र गठन

प्रकाशित मिति :  2 April, 2022 2:01 pm



भैरहवा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा चुुनावी तालमेल आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेलको आवश्यकता रहेको निष्कर्ष निकाल्दै जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझेर केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने छ । सयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुु स्तिति बुझेर चैत २२ गते थप छलफल गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !