९ पुस २०८२, बुधबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  3 April, 2022 10:54 am


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज साताको पहिलो दिन आइतबार तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !