२६ बैशाख २०८१, बुधबार

चार नारीले खोले ‘किड्स ऐडुकेयर’ मन्टेश्वरी, आमा पनि शिक्षक पनि

प्रकाशित मिति :  3 April, 2022 1:19 pm


लक्ष्मी ज्ञवाली– 

भक्तपुर । भक्तपुरको बालकोटमा शिक्षण पेशामा लामो समयदेखि संलग्न चार जना नारीले किड्स ऐडुुकेयर मन्टेश्वरी सञ्चालनमा ल्याएका छन् । आफ्नो घर सम्हाल्दै, छोरा छोरी हुर्काउँदै फरक फरक विद्यालयहरुमा अध्यापन गर्दै आएका चारै जनाले सामूहिक लगानीमा आफ्नै मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएका हुन्।

बालकोट–२, रोजभिलेज नजिक करिव चार रोपनी क्षेत्रफलमा एक करोडको लागतमा मन्टेश्वरी सुरु गरिएको हो । भक्तपुर आसपास बसोबास गर्दै आएका सुनिता मैनाली, सबिता मैनाली, कोपिला मैनाली र सुभद्रा थापाले वालवालिकालाई घरकै वातावरणमा मन्टेश्वरी शिक्षा उपलब्ध गराउन थालेका हुन् । 

तीन जना मैनाली सहोदर दिदीबहिनीसमेत हुन् भने थापा भाइ बुहारी नाताकी हुन् । “हामी लामो समयदेखि वालवालिका पढाउदै आएका छौं, चार जना सल्लाह गरेर आफ्नै मन्टेश्वरी चलाउने निर्णय गरेर अगाडि बढेका हौं,” प्रिन्सिपल सुनिता मैनालीले भनिन्।

समाजशास्त्रमा स्नातकोत्तर प्रिन्सिपल मैनालीले शिक्षा विषयमा स्नातकसमेत गरेकी छिन् । उनी मन्टेश्वरी प्रशिक्षक पनि हुन् । करिव दुई दशक शिक्षण पेशाको अनुभव लिइसकेकी उनी डेड दशकदेखि मन्टेश्वरी शिक्षा अध्यापनमा संलग्न रहदै आएकी छिन्। 

प्रिन्सिपलसमेत चारै जना संचालक आफैले मन्टेश्वरीमा पूर्णकालीन शिक्षकका रुपमा अध्यापनसमेत गराइरहेका छन्। “वालवालिकाको पहिलो पाठशाला आफ्नो परिवार हो, पहिलो पाठशालाकै शैलीमा वालवालिकालाई हुर्काउन यो मन्टेश्वरी सुरु गरेका हौं,” संचालक तथा शिक्षक सविताले भनिन्। 

किड्स ऐडुुकेयर पूर्ण रुपमा मन्टेश्वरी स्कुल हो । हाल डे केयरको व्यवस्थासहित प्ले ग्रुपदेखि यूकेजीसम्म अध्यापन गराइँदै आइएको छ । जहाँ दैनिक जीवनसँग जोडिएको कुरालाई व्यवहारीक रुपमा शिक्षासँग जोडेर वालवालिकालाई खेल्दै शिक्दै गराइने गरेको छ।

मन्टेश्वरीले ‘पहिलाे पाठशाला’ नारा राखेर पठनपाठन सुरू गरिसकेकाे छ। “मन्टेश्वरी शिक्षाको अवधारणा अनुुरुप हामीले शारिरीक विकास, वौद्धिक विकास र ममतामय सिकाइप्रणालीलाई प्राथमिकतामा राखेका छौं,” संचालक तथा शिक्षक कोपिलाको भनाइ छ।

शिक्षक तथा संचालक सविता, कोपिला र सुभद्रा तीनै जना स्नातकतहसम्मको अध्ययन गरिसकेका छन्। तीन जनामा सविता डेड दशकदेखि, कोपिला १२ वर्षदेखि र सुभद्रा पाँच वर्षदेखि मन्टेश्वरी शिक्षण पेशामा संलग्न छन्।

वालवालिकाको पढ्ने समय र तरिका मन्टेश्वरी पद्धती अनुरुप गरिएको छ। तीन छाक स्वच्छ खानाको व्यवस्था, खेल्ने ईन्डोर आउटडोर खेल मैदान, नाचगानको लागि हल, अडियो भिडियोको सुविधा रहेको छ।

खुला तथा हरियाली, प्रदुषणरहीत वातावरण भएकाले अभिभावकहरुले आफ्ना वालवालिकालाई मन्टेश्वरीमा ल्याउँदा ढुक्क महसुस गरिरहेको संचालक सुभद्राले बताइन्।

मासिक ५ हजार देखि साढे ६ हजारसम्म प्रति विद्यार्थी शुल्क लिने गरेको मन्टेश्वरीले सुरुवाती वर्ष भएकाले भर्ना शुल्क छुट दिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !